समाज

गुल्मीमा पहिरोमा पुरीएर तीन दिदीबहिनीको मृत्यु

गुल्मीमा पहिरोले घर पुरीदा एकै परिवारका तीन दिदिबहिनीको मृत्यु भएको छ। रेसुङ्गा नगरपालिका ८ खानीगाँउका तिलक परियारको घर पहिरोले पुरेको हो।  

गएराती करिब १ बजेतिर झरेको पहिरोमा परी तिलकका  १४ बर्षका जुम्ल्याहा छोरीहरु गंगा–जमुना र २१ बर्षकी भावनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक पुरुषोत्तम पाण्डेले बताए। तिलक उनकी श्रीमती र अर्की एक छोरीसकुशल रहेको प्रहरीले जनाएको छ।  

घरको एउटा कोठामा सुतेका ४ दिदी बहिनीलाइ  मध्यरातमा झरेको पहिरोले पुरेको थियो। पहिरोले कोठा भत्कीएर छोरीहरुलाइ पुरेपछि अर्को कोठामा रहेका बाबुआमाले सानो झिडीबाट एक छोरीलाइ तानेर जोगाउन सफल भएको प्रहरीले जनाएको छ। नेपाली सेना,प्रहरीको टोलीले मृत्तकको शव झिकेर पोष्टमार्टमकालागि जिल्ला अस्पताल पठाएको छ।  

प्रकाशित: ६ आश्विन २०७८ ०४:३७ बुधबार

गुल्मीमा पहिरोमा पुरीएर तीन दिदीबहिनीको मृत्यु