समाज

भक्तपुरमा उच्चस्तरीय कम्प्युटर तालिम सुरु

नेपाल इन्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरमा उच्चस्तरीय कम्प्युटर तालिम सुरु भएको छ ।  

कलेजभित्रका शिक्षक र विद्यार्थीहरूका लागि तालिम सुरु गरिएको हो। तालिममा बाहिरबाट पनि ६५ जनाले अनलाइनमा तालिम लिइरहेको जनाइएको छ।  

विश्वविद्यालय अनुदान आयोगको वित्तिय सहयोगमा तालिम संचालनमा ल्याइएको हो। तालिमबाट उत्पादन हुने सफ्टवएर आयोगले नै पछि प्रयोग गर्ने जनाइएको छ। तालिम तीन दीनसम्म चल्नेछ। 

प्रकाशित: ५ आश्विन २०७८ ०५:३२ मंगलबार

कम्प्युटर तालिम सुरु भक्तपुरमा उच्चस्तरीय