समाज

मोरङमा युवतीको मृत्यु

मोरङको सुन्दरहरैंचाकी एक युवतीले आफ्नो घरको चार तलाबाट हामफाल्दा मृत्यु भएको छ। सुन्दरहरैंचा नगरपालिका–९ की १८ वर्षीया रुवी मुखियाको चार तलामाथिबाट हामफाल्दा मृत्यु भएको मोरङ प्रहरीले जनाएको छ। 

शनिबारराति साढे ८ बजेतिर चार तला घरमाथिबाट हामफाल्दा मुखिया गम्भीर घाइते भएकी थिइन् । तत्काल उनलाई उपचारका लागि विराटनगरस्थित नोबेल शिक्षण अस्पताल ल्याइएको र उनको उपचारका क्रममा राति १० बजेतिर मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले जानकारी दिए।

मुखियाले छतबाट हामफाल्दा बुवा छतमै सुतेको र भाइ दोस्रो तलमा साथीहरूसँग मोबाइलमा गेम खेलिरहेको प्रहरीले जनाएको छ। एक्कासी आँगनमा ठूलो आवाज आउँदा भाडामा बसेका व्यक्ति र भाइले हेर्दा रुवी लडेको देखेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

डिएसपी श्रेष्ठका अनुसार दिदी लडेको देखेर बुवालाई बोलाउन जाँदा बुवा निदाएका रहेछन् भने आमा भरतपुर उपचारका लागि गएकी थिइन् । उनका अनुसार युवतीले आफ्नै घरबाट किन हामफालेकी हुन् भन्ने बारेमा खुल्न बाँकी छ। पोष्टमार्टमपछि शव परिवारका सदस्यले बुझेर लगेको र घटनाको थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रकाशित: ४ आश्विन २०७८ ०३:४७ सोमबार

मोरङको सुन्दरहरैंचाकी एक युवती घटनाको थप अनुसन्धान विराटनगरस्थित नोबेल शिक्षण अस्पताल मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठ