समाज

भक्तपुरमा दर्ताविना मासु पसल

भक्तपुर नगरपालिकाले देगइनामा रहेको ६ वटा मासु पसलहरु अनुगमन गरेको छ। अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुर नगरपालिका वडा नं ९ का मासु पसलहरुको अनुगमन गरेको हो।

अनुगमनमा अधिकांश मासु पसलहरु दर्ता नभएको पाइएकोले तत्कालै ५ वटा पसल दर्ता गराएका थिए। अनुगमनमा गणेश मिट सप, सिन्धुपाल्चोक मिट सप,  मचो भैरब चिकेन एण्ड एग सेन्टर, मोहन मासु पसल,  न्यू चिकेन फ्रेस मिट सप, ब्रम्हायणी मिट सप दर्ता नभएको पाइएको जनाएको छ।

समितिले पसलहरुमा मूल्यसुची राख्न, सरसफाइमा ध्यान दिन, भुई भित्ता सजिलै सफा गर्न मिल्ने गरी कार्पेट, मार्वल वा टायल राखी प्रयोग गरेको पानी सजिलै बाहिर जाने निकास व्यवस्था गर्न निर्देशन दिएको थियो।

प्रकाशित: १ आश्विन २०७८ १३:०३ शुक्रबार

मासु पसल