समाज

भक्तपुरका बधस्थलमा अनुगमन, भेटियो फोहोर

भक्तपुरका बधस्थलहरु धेरै नै फोहोर भेटिएका छन्। नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा नगरको भगवतीस्थान र गोल्मढीमा रहेको बधस्थल र मासु पसलहरु अनुगमनका क्रममा बधस्थल धेरै नै फोहोर भएको र राँगोको मासु पसल खासै सुधार नभए पाइएको हो।

अनुगमनमा रमेश शाहीको बधस्थल एकदमै फोहोर र दुर्गन्धित भएकोले सरसफाइमा ध्यान दिन र भुई, भित्ता सजिलै सफा गर्न मिल्ने गरी मार्वल वा टायल राख्न, हाडखोर कुहिने गरी गन्हाउने गरी राखेकोले व्यवस्थापन गर्न, फ्रिज फोहोर भएकोले सफा गर्न, तराजु नवीकरण नभएकोले नवीकरण गर्न, बधस्थल पूरै व्यवस्थित र सफा नभएकोले तराजु १ थान जफत गरी कार्यालयमा उपस्थित हुन निर्देशन दिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए।

टोलीले काभ्रेली मिट सप, अफरोज मियाँ मासु पसलमा पनि अनुगमन गरेको थियो। अनुगमनमा भनपा श्यानिटेशनका नगर निरीक्षक दिलिपकुमार सुवाल, कर शाखाका अर्जुन खाईतु, पशु सेवा कार्यालयका पार्वती योञ्जन, राष्ट्रिय उपभोक्ता मञ्चका मनोज थापा, जिल्ला प्रशासन कार्याल भक्तपुरका सुशीलराज पोखरेल, महानगरीय प्रहरी प्ररिसरका प्रहरी सहायक निरीक्षक रमेश बहादुर कार्की र भक्तपुर घरेलु तथा साना उद्योग संघका रुपा लक्ष्मी प्रजापति, घरेलु तथा साना उद्योग कार्यालयका सीताराम त्वायना सहभागी थिए।

टोलीले दर्ता नभएका पसललाई दर्ता गर्न, सरसफाइमा ध्यान दिन, एप्रोन सेतो र सफा प्रयोग गर्न, मूल्यसूचि राख्न, फ्रिज सफा गर्ने, दुध र मासु फ्रिजमा साथमा नराख्न, मासु काट्ने औजार र भाँडावर्तन सफा गरी राख्न निर्देशन दिएको थियो।

प्रकाशित: ३१ भाद्र २०७८ १३:१२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App