समाज

कात्तिकदेखि हस्तलिखित धनीपुर्जा अन्त्य

मालपोत कार्यालय विराटनगरले कात्तिकदेखि हस्तलिखित जग्गा धनीपुर्जा अन्त्य गर्ने भएको छ। कात्तिकदेखि भूसेवा केन्द्र सञ्चालनमा ल्याउने र हस्तलिखित जग्गा धनीपुर्जा अन्त्य गर्ने तयारी गरिएको मालपोत कार्यालय विराटनगरले जनाएको छ।  

कार्यालय प्रमुख लोकबहादुर भण्डारीका अनुसार भूसेवा केन्द्र सञ्चालनमा आएपछि मालपोतको लेखापढी सेन्टर भूसेवा केन्द्रमा रुपान्तरण हुने र   जग्गासम्बन्धी सबै कामहरू अनलाईन प्रविधिबाटै हुनेछ। मालपोतमा अनलाईन प्रणाली सुरू गर्नका लागि सबै फाइलहरू कम्प्युटराइज गर्ने काम भइरहेको छ। फाइलहरू कम्प्युटरराईज गरिसकेपछि भूसेवा केन्द्र सञ्चालनमा ल्याई हस्तलिखित जग्गा धनीपुर्जा विस्थापित गरिने छ। भण्डारीले विराटनगरको मालपोत कार्यालय अत्यन्तै अस्तव्यस्त भएकाले यसलाई सुधार गर्ने काम पनि धमाधम भइरहेको बताए। मालपोत कार्यालय परिसरमा हरियाली पार्क निर्माण गर्ने, मालपोतका शौचालय व्यवस्थित पार्नेलगायतका भौतिक पूर्वाधार सुधारका काम थालिएको छ। यस्तै भौतिक पूर्वाधारसँगै सेवा प्रवाहमा पनि सुधार ल्याउने काम थालिएको छ।

सरकारी कागजातमा बाह्य पहुँच हुन नदिन कार्यालय चनाखो रहेको उनले बताए। यस्तै सेवाग्राहीको सहजताका लागि टोकन प्रणाली लागू गर्ने तयारी पनि गरिएको छ। 

प्रकाशित: ३० भाद्र २०७८ १०:२६ बुधबार

मालपोत कार्यालय र नापी विभाग