समाज

गैंडा सिकार गरेको आरोपमा एक पक्राउ

नेपाली सेनाले गैंडा सिकार गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षाका लागि खटिएका सेनाको खड्गदल गणबाट निकुञ्ज प्रशासनसहित खटिएको टोलीले काठमाडौं बौद्ध बस्ने ६२ वर्षीय नांगी तामाङलाई पक्राउ गरेको जनाएको हो।

विगतमा गैंडा मारी खाग बिक्री व्यवसायमा संलग्न रहेको आरोपमा मुगु जिल्लाको मुगुम कर्मारोग गाउँपालिका ९, रोम स्थायी घर भएका तामाङलाई पक्राउ गरिएको नेपाली सेनाले जनाएको छ। पक्राउ परेको तामाङलाई चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा पठाएको छ।

प्रकाशित: २४ भाद्र २०७८ १०:११ बिहीबार

गैंडा सिकार