काठमाडौंको मातृका आँखा अस्पतालमा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको छ। अस्पतालको तेस्रो तलामा भेटिएको शङ्कास्पद वस्तु बम नभएको पुष्टि भएको काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले बताए।
अस्पतालको तेस्रो तलामा टाइमरजस्तो देखिने शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको बम डिस्पोजल टोलीले अनुसन्धानका लागि पुगेको थियो।
प्रकाशित: २४ भाद्र २०७८ ०७:३१ बिहीबार