समाज

रोल्पामा घर भत्किँदा दुई जनाको मृत्यु

रातभरि परेको अविरल वर्षाका कारण घर भत्किँदा रोल्पामा दुई जनाको मृत्यु भएको छ। रोल्पा प्रहरीका अनुसार रोल्पा नगरपालिका – १० धवाङको बाम्लामा मध्यराति पुर्णबहादुर थापाको घर भत्किँदा करिब ५ वर्षीया बालिका र ७० वर्षीया गौरी थापाको मृत्यु भएको हो।

घर भत्किँदा अन्य दुई जना सामान्य घाइते भएका छन् भने अन्य दुई घरमा पनि सामान्य क्षति पुगेको रोल्पा प्रहरी प्रमुख नरेशराज सुवेदीले बताए। सुवेदीका अनुसार उद्धारका लागि प्रहरी राति नै घटनास्थल पुगिसकेको छ।

त्यस्तै सुनिल ४ सुलिचौरमा पार्किङ गरेर राखेको रा १ ख २०६८ नम्बरको बस फगाम खोलाले बगाएको छ। बस खोजीका लागि प्रहरी परिचालन गरिएको छ। स्थानीयका अनुसार उक्त बस विद्यालयको हो।

प्रकाशित: २१ भाद्र २०७८ ०२:०९ सोमबार

अविरल वर्षा रोल्पा नगरपालिका – १० धवाङको बाम्ला दुई जना सामान्य घाइते बस फगाम खोला