समाज

नेता साहले उपलब्ध गराए पार्टी कार्यालयको लागि नि:शुल्क घर

नेकपा एकीकृत समाजवादी पार्टीको जिल्ला कार्यालयको लागि पार्टीका प्रदेश सदस्य तथा गत स्थानीय तहको निर्वाचनमा गौर नगरपालिकाका लागि मेयर पदका प्रत्यासी शम्भु साहले निःशुल्क घर उपलब्ध गराएका छन्। 

सदरमुकाम गौरको विपि चौकमा नेता साहले चार कोठाको हलसहितको घर पार्टी कार्यालयको लागि निःशुल्क उपलब्ध गराएको जानकारी गराएका छन्। मासिक हजारौँ रुपैयाँ भाडा आउने घर पार्टी कार्यालय संचालनका लागि निःशुल्क उपलब्ध गराएका हुन्। 

सदरमुकाम गौरमा रहेको पार्टी कार्यालय एमालेको भएपछि पार्टीको गतिविधि संचालन गर्न तथा कार्यकर्ता भेटघाट र सम्पर्कका लागि नेता साहले निःशुल्क घर उपलब्ध गराएका हुन्। पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालका प्रियपात्रका रुपमा साह परिचित छन्।

प्रकाशित: १८ भाद्र २०७८ १३:५३ शुक्रबार