समाज

सानिमा हाइड्रोपावरमा काम गर्ने मजदुरको मृत्यु

ताप्लेजुङको सानिमा हाइड्रोपावरमा काम गर्ने एक मजदुरको ढुङ्गाले किचेर मृत्यु भएको छ। मृत्यु हुनेमा ताप्लेजुङको फत्ताङलुङ गाउँपालिका १ का ४४ वर्षीय खगप्रसाद तामाङ रहेका छन्। बिहीबार दिउँसो साढे १ बजे तामाङ हाइड्रोपावरको भान्सा कोठामा बसिरहेको अवस्थामा माथिबाट ठूलो ढुङ्गा झरी किचेर घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय ताप्लेजुङका सूचना अधिकारी कैलाश अधिकारीले जानकारी दिए।

शव पोष्टमार्टमका लागि ताप्लेजुङ जिल्ला अस्पताल ल्याइदैं गरेको प्रहरीले जनाएको छ। मृतक सोही हाईड्रोपावरमा नै खाना पकाउने जिम्मेवारीमा थिए।

प्रकाशित: १७ भाद्र २०७८ १४:०० बिहीबार

सानिमा हाइड्रोपावर