समाज

देशका केही भूभागमा हल्का वर्षाकाे सम्भावना

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १ का एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ।

प्रकाशित: १६ भाद्र २०७८ ०३:२३ बुधबार

मौसम पूर्वानुमान महाशाखा प्रदेश नं १ मेघ गर्जन र चट्याङ