समाज

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी १५ वर्षपछि पक्राउ

कर्तव्य ज्यानसम्बन्धी कसुरमा १५ वर्षदेखि फरार प्रतिवादीलाई ताप्लेजुङ प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मैवाखोला गाउँपालिका वडा नं १ ढुङ्गेसाँघुका ६७ वर्षीय देउप्रसाद लिम्बू रहेका छन्।

तत्कालीन पुनरावेदन अदालत ईलामबाट २०७० जेठ २७ मा भएको फैसलाअनुसार जन्मकैद सजाय घोषित उनलाई फैसला कार्यान्वयनको अभियानअन्तरगत विशेष सूचनाको आधारमा झापाबाट गत बिहीबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता तथा सूचना अधिकारी प्रहरी निरीक्षक कैलासकुमार अधिकारीले जानकारी दिए।

प्रवक्ता अधिकारीका अनुसार देउप्रसादलाई कैद भुक्तानका लागि जिल्ला कारागार ताप्लेजुङ चलान गरिएको छ। लिम्बूले २०६३ साल माघ ५ गते सोही वडाका बुधकुमार मास्वा लिम्बूलाई कुटपिट गरी घाईते बनाएकोमा पछि मास्वाको मृत्यु भएको थियो।

प्रकाशित: १२ भाद्र २०७८ ०६:३७ शनिबार

फरार