पछिल्लो २४ घण्टामा देशभर २ हजार ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार ७५२ जनाको पीसीआर परीक्षण गर्दा १ हजार ५७७ र ४ हजार ३६५ को एन्टिजेन परीक्षणमा ४ सय ८८ जनामा कोरोना संक्रमण देखिएको हो।
यस्तै सोही अवधिमा कोरोना संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६६३ रहेको छ।
आज देशभर २ हजार ३३७ जना संक्रमणमुक्त भएका छन्। शुक्रबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ५६ हजार ७९२ पुगेको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ५९९ जना रहेको छ।
प्रकाशित: ११ भाद्र २०७८ ११:०० शुक्रबार