समाज

जिल्ला विपद् व्यवस्थापन समितिलाई सामग्री हस्तान्तरण

शाखाका सभापति बाबुलाल तामाङले प्रमुख जिल्ला अधिकारी एंवम समितिका अध्यक्ष ईश्वरी प्रसाद ढकाललाई सामग्री हस्तान्तरण गर्दै । तस्बिरः हिमनाथ/नागरिक

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रसुवाले जिल्ला विपद् व्यवस्थापन समिति रसुवालाई सामग्री हस्तान्तरण गरेको छ। विपदको समयमा प्रयोग हुने २९ प्रकारका सामग्री हस्तान्तरण गरेको हो। शाखाका सभापति बाबुलाल तामाङले प्रमुख जिल्ला अधिकारी एंवम समितिका अध्यक्ष ईश्वरीप्रसाद ढकाललाई २ लाख बराबरको सामग्री हस्तान्तरण गरेका हुन्।  

शाखाले सेफ्टी हेलमेट, रेनकोट, वर्किङ ग्लब्स, निप्याड, पिक, रेस्क्यु राेप, वायर कटर, सेफ्टी थ्रु ब्याग, ब्याक बोर्ड, ह्याम्बर, लाइफ ज्याकेट, सेफ्टी गगल, सेफ्टी भेष्ट, आल्मुनियम ल्याडर, मेगाफोन, स्टिल बकेट, फष्ट एड किट लगायतका सामग्री दिएको समितिले जनाएको छ।  

२०३३ सालदेखि रेडक्रसले जिल्लामा विपदको क्षेत्रमा महत्वपूर्ण कार्य गर्दै आएको छ। विपद् प्रतिकार्यको लागि सामग्री सहयोग गर्ने, पीडितलाई राहत वितरण गर्ने, तालिम सञ्चालन लगायतका कार्य गर्दै आएको शाखाले जनाएको छ।

अमेरिकन रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाईटीद्वारा सन्चालित प्रिपियर परियोजना अन्तर्गत जिल्ला आपतकालिन कार्यसन्चालन केन्द्रको लागि सामग्री हस्तान्तरण गरिएको हो।

प्रकाशित: १० भाद्र २०७८ ११:५६ बिहीबार

जिल्ला विपद् व्यवस्थापन सामग्री हस्तान्तरण