समाज

उपत्यकामा बेलुकी ८ बजेपछि पनि सवारी चलाउन पाईने

काठमाडौं उपत्यकामा राति ८ बजेपछि पनि सवारी साधन सञ्चालन गर्न पाईने भएको छ।  

काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले यसअघि लागू गरिएको नियमलाई हटाउँदै निजी तथा सार्वजनिक सवारी साधन राती ८ बजे पनि चलाउन पाईने निर्णय गरेको हो।  

साउन २८ गतेदेखि भदौ ८ गतेसम्मको निषेधाज्ञाको आदेशमा उपत्यकाका जिल्ला प्रशासन कार्यालयले अत्यावश्यक सेवा, ढुवानीका साधन र उपत्यका प्रवेश गर्ने सवारी साधन बाहेकका अन्य निजी एवं सार्वजनिक सवारी साधन बेलुका ८ बजेभित्र गन्तव्यमा पुगिसक्नुपर्ने उल्लेख थियो ।

बाँकी नियम यथावत् राख्दै निषेधाज्ञा भने भदौ १६ गतेसम्म थप गरिएको छ।

प्रकाशित: ८ भाद्र २०७८ ०९:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App