समाज

मूल्यवृद्धि फिर्ता गर्न अनेरास्ववियू क्रान्तिकारीको माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन (अनेरास्ववियू) क्रान्तिकारीले पेट्रोलियम पदार्थको मूल्यबृद्धि फिर्ता लिन सरकारसँग माग गरेको छ। 

सोमबार नेपाल आयल निगमले पेट्रोल, डिजेल, मट्टितेल र हवाइ इन्धनमा दुई रुपैयाँ र खाना बनाउने एल.पी ग्यासमा २५ रुपैयाँकादरले मुल्य बढाएको थियो।

‘कोभिड १९ विरुद्धको खोप आम जनतालाई उपलब्ध गराउने सवालमा सरकार गैरजिम्मेवार बन्ने तर जनताको ढाड सेक्ने गरी मूल्यवृद्धि गर्ने कार्यको हाम्रो सङ्गठन घोर निन्दा एवम् विरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘मूल्यवृद्धि अविलम्ब फिर्ता गर्न नेपाल सरकार, नेपाल आयल निगम र सम्बन्धित निकायसँग जोडदार अपिल गर्दछौँ।’

मूल्यवृद्धि फिर्ता नगरे सशक्त सङ्घर्षमा उत्रने अनेरास्ववियू क्रान्तिकारीले चेतावनी समेत दिएको छ।

प्रकाशित: ८ भाद्र २०७८ ०५:३८ मंगलबार

अनेरास्ववियू क्रान्तिकारी