समाज

पहिरोले पुरिएका तीन जनाको शव फेला, एक जना अझै बेपत्ता

रसुवाको नौकुण्ड गाउँपालिका–५, कोलडाँडामा पहिरोले घर पुरिँदा बेपत्ता भएका तीन जनाको शव फेला परेको छ। बिहीबार बिहान ३ बजेतिर सडक माथिबाट आएको पहिरोले बुद्धि तामाङको घर पुरिएको थियो।  

जिल्ला प्रहरी कार्यालय रसुवाका अनुसार बुद्धि तामाङको ३२ वर्षीय श्रीमती कमला, ११ वर्षीया छोरी सोकिता, ८ वर्षीया छोरी सुकुमायाको शव फेला परेको हो। ७ वर्षीया छोरा आसिस अझै बेपत्ता छन्। उनको खोजी कार्य भइरहेको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए।  

बाहिर सुतिरहेका ३५ वर्षीय बुद्धि तामाङ भने गम्भीर घाइते भएका छन्। उनलाई बिहान नुवाकोटको त्रिशूली अस्पतालमा प्रारम्भिक उपचार गरेर काठमाडौं रिफर गरिएको छ।

प्रकाशित: ३ भाद्र २०७८ ०७:५४ बिहीबार