समाज

निषेधाज्ञा उल्लघंन गर्दै प्रहरीलाई धम्की दिने पक्राउ

निषेधाज्ञामा प्रहरीलाई गाली गलौज गर्नेलाई प्रहरीले मुद्दा चलाएको छ। सामाजिक सञ्जालमार्फत भ्रामक सुचना संप्रेषण गरी यात्रु ओसार–पसार गर्ने गरेको तथा सोधपुछ गर्दा प्रहरीलाई नै धम्की दिने ट्याक्सी चालक अनिल पौडेललाई प्रहरीले सार्वजनिक हित स्वास्थ्य सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरमा मुद्दा चलाएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए।

चालक पौडेललाई ७ दिनको म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ। निषेधाज्ञा जारी भएको अवस्थामा फेसबुकमा सुचाना संप्रेषण गर्दै यात्रुहरु ओसार–पसार गरेको फेला परेपछी उनलाई प्रहरीले सोधपुछ गरेको थियो। 

सोधपुछ गर्दा ड्युटीमा खटिएका प्रहरीलाई गाली–गलौज, धाकधम्की दिएपछी उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो। यस्तै निषेधाज्ञाका बेला अनावश्यक यात्रु राखि हिँडडुल गरेका ३ वटा ट्याक्सी नियन्त्रणमा लिई १ हजार पाँच सयका दरले जरिवाना सहित आवश्यक कारवाही गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: २ भाद्र २०७८ १२:५८ बुधबार

प्रहरीलाई धम्की दिने पक्राउ सामाजिक सञ्जालमार्फत भ्रामक सुचना संप्रेषण