समाज

पहिरोले नौबिसे नागढुंगा सडकखण्ड अवरुद्व

पहिरोका कारण नौबिसे नागढुंगा सडकखण्ड अवरुद्ध भएको छ। सडकखण्ड अन्तर्गत धादिङको धुनीबेसी नगरपालिका वडा नं ९ को खत्रीपौवा, बाहुनडाँडा लगायतका ठाउँका राजमार्ग अवरुद्ध भएको धादिङका प्रहरी उपरीक्षक महेन्द्र खड्काले जानकारी दिए। 

अहिले राजमार्ग दुईतर्फी नै बन्द छ। सुक्खा पहिरोले अवरुद्ध सडकखण्ड सडक विभागको डोजरले खुलाउने प्रयास भइरहेको प्रहरीले जानकारी दिए।

प्रकाशित: २ भाद्र २०७८ ०२:५५ बुधबार

पहिरो नौबिसे नागढुंगा सडकखण्ड सुक्खा पहिरो