समाज

प्रदेश १ मा २४ घण्टामा २१ जनाको कोरोनाबाट मृत्यु

फाइल तस्बिर

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट प्रदेश १ मा २१ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा १२ महिला र ९ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।  

प्रदेश १ मा ६ सय ९२ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ५ सय ३४ जनाको पिसिआर परीक्षण गर्दा ४ सय ४९ र ८ सय ६२ जनाको एन्टिजेन परीक्षण गर्दा २ सय ४३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पिसिआर परीक्षणका आधारमा झापामा २ सय ११, सुनसरीमा १ सय १५, मोरङमा ८९, धनकुटामा ११, इलाममा ९, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथर, खोटाङ, उदयपुर, सोलुखुम्बु र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको छ।  

झापाको विर्तामोडमा ४२, दमक र शिवसताक्षीमा २७–२७, अर्जुनधारामा २५, भद्रपुर र मेचीनगरमा २४–२४, कनकाईमा १६, बुद्धशान्तिमा १२, कचनकवल र बाह्रदशीमा ३–३, झापा गाउँपालिकामा २, गौरादह, हल्दिबारी र कमल गाउँपालिकामा १–१, सुनसरीको धरानमा ५५, इटहरीमा ४३, इनरुवा र बराहक्षेत्रमा ५–५, गढी र देवानगञ्जमा २–२, रामधुनी, भोक्राहा नरसिंह र दुहबीमा १–१, मोरङको विराटनगरमा ३४, पथरीशनिश्चरेमा २२, सुन्दरहरैँचामा ९, उर्लाबारीमा ७, बुढीगंगामा ५, मिक्लाजुङ, बेलबारी, धनपालथान र रतुवामाईमा २–२, लेटाङ, ग्रामथान, रंगेली र स्थानीय तह नखुलेका १–१, धनकुटाको धनकुटा नगरपालिकामा ९, महालक्ष्मी र सहिदभूमिमा १–१, इलामको चुलाचुलीमा ३, इलाम नगरपालिका र सूर्योदयमा २–२, मांसेबुङ र माईमा १–१, भोजपुरको भोजपुर नगरपालिकामा २, साल्पासिलिछोमा १, ताप्लेजुङको फालेलुङ र स्थानीय तह नखुलेका १–१, पाँचथरको फाल्गुनन्द, खोटाङ, उदयपुरको चौदण्डीगढी, सोलुखुम्बुको नेचा सल्यान र संखुवासभाको पाँचखपनमा १–१ र प्रदेश १ बाहिरका ४ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा सोमबार ४ सय ९३ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय ५८ महिला र २ सय ३५ पुरुष रहेका छन्।

प्रकाशित: ३२ श्रावण २०७८ १३:५० सोमबार

प्रदेश १ कोरोना संक्रमण