समाज

१८ वर्षपछि कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी पक्राउ

१८ वर्षपछि कर्तब्य ज्यान मुद्दाका फरार प्रतिवादीलाई सुनसरी प्रहरीले पक्राउ गरेको छ। प्रहरीले दुहवी वडा नं. ४ का गुलाब भन्ने गुलाम मियाँलाई पक्राउ गरेको हो। 

पक्राउ परेका मियाँले दुहवीकै दुखनी थरुनीलाई बाँसले टाउँकोमा प्रहार गरी कर्तव्य गरी मारेका थिए। जसमा जिल्ला अदालत सुनसरीले २०६० साउन ३० गते २० वर्ष कैद सजायको फैसला गरेको थियो। पक्राउ परेका मियाँलाई सुनसरी जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तान गर्न क्षेत्रीय कारागार कार्यालय झुम्का सुनसरी पठाइएको छ।

यसैगरी, जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पनि प्रहरीले पक्राउ गरेको छ। दुहबी वडा नं. १ का कलिम मियाँ पक्राउ परेका हुन्। उनलाईं तीन वर्षअघि जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत सुनसरीले  ११ वर्ष कैद सजायको फैसला गरेको थियो। उनलाई पनि सुनसरी जिल्ला अदालतमा पेश गरेकोमा कैद भुक्तान गर्न क्षेत्रीय कारागार झुम्का पठाइएको छ ।  

सुनसरी प्रहरीले साउन १ गतेदेखि यता अदालतबाट कैद सजाय र जरिवाना तोकेपनि सजाय भुक्तान नगरिकन फरार भएका व्यक्तिलाई धमाधम पक्राउ गरि रहेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीको तथ्याङ्क अनुसार पक्राउ अभियान तिब्र साउन २४ गतेसम्म २ सय ३८ जनालाई पक्राउ परेका थिए।

प्रहरीले सञ्चालन गरेको अभियानमा पक्राउ परेका फरार प्रतिवादीमा कर्तव्य ज्यान, डाँका, अपहरण तथा शरीर बन्धक, कुटपिट, चोरी, किर्ते, जालसाजी, लागुऔषध, ज्यान मार्ने उद्योग, भ्रष्टचारलगायतका मुद्दामा सजाय तोकिएका छन्।

प्रकाशित: ३२ श्रावण २०७८ १२:५७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App