समाज

लाङटाङबाट फर्कने क्रममा ढुंगाले लागेर एक जना गम्भीर

रसुवाको पर्यटकीय क्षेत्र लाङटाङ गएर फर्कने क्रममा माथिबाट झरेको ढुंगाले लाग्दा एक जना गम्भीर घाइते भएका छन्। घाइते हुनेमा धादिङका करिब ४५ वर्षीय राजु लामा रहेका छन्। लामाहोटल र स्याफ्रुको बीचमा पर्ने रिमिचे भन्ने स्थानमा शनिबार दिउासो एक बजेतिर झरेको ढुंगाले लाग्दा लामा गम्भीर घाइते भएका हुन्।  

घाइतेको उद्धारको लागि स्याफ्रुबेसी र ठुलोस्याफ्रुबाट नेपाल प्रहरीको टोली घटनास्थलमा गइसकेको छ। खराब मौसमका कारण हेलिकप्टर आउन सक्ने अवस्था नभएको प्रहरी नायव उपरीक्षक देवेन्द्र पाण्डेले बताए।  

भक्तपुरको काँडाघारीस्थित न्यू स्टार पोल बोर्डिङ स्कुलबाट प्रिन्सिपल राजिब खरेलसहित चार जना शिक्षक मंगलबार लाङटाङ गएका थिए। अन्य सकुशल छन्।

प्रकाशित: ३० श्रावण २०७८ ०८:१४ शनिबार

पर्यटकीय क्षेत्र लाङटाङ