समाज

नेपालगन्जमा भारी वर्षा

नेपालगन्जमा भारी वर्षा भएको छ। शुक्रबार रातीदेखि शनिबार बिहानसम्म भएको अविरल वर्षाले नेपालगन्जका विभिन्न स्थान जलमग्न भएका छन्।

नेपालगन्ज क्षेत्रमा केही दिनदेखि वर्षा हुँदै आएपनि यति भारी मात्रामा वर्षा भएको थिएन। मौसममा सुधार नआएकाले वर्षा अझै हुने मौसन पूर्वानुमान कार्यालयको अनुमान छ।  

जिल्ला आपतकालिन कार्य सञ्चालन केन्द्र बाँकेका फोकल पर्सन रुपन ज्ञवालीका अनुसार गत २४ घण्टामा नेपालगन्जमा ५४ मिलिमिटर वर्षा भएको छ। राप्तीको कुसुम जलमापन केन्द्रमा नदीको बहाव बढ्दो क्रममा छ। 

शनिबार बिहान १० बजेर ३० मिनेटमा गरिएको मापन अनुसार राप्ती नदीमा पानीको सतह ३ मिटर ४० सेन्टिमिटर रहेको छ। त्यसअघि बिहान ९ बजे मापन गर्दा नदीको सतह ३ मिटर ३८ सेन्टिमिटर कायम रहेको फोकल पर्सन ज्ञवालीले जानकारी दिए।

प्रकाशित: ३० श्रावण २०७८ ०६:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App