समाज

दुर्लभ रेडपाण्डाको छालासहित तीनजना पक्राउ

कपिलवस्तुको बाणगंगा नगरपालिका–९ सिद्धिपुर स्थित बराल होटल रेष्टुरेन्ट एण्ड लजबाट रेडपाण्डाको छालासहित ३ जना पक्राउ परेका छन्। 

विशेष सूचनाको आधारमा लुम्बिनी प्रदेश प्रहरी अनुसन्धान समूह र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त टोलीले सो होटलको कोठा नम्वर १०४ मा २ वटा रेडपाण्डाको छाला र १ वटा पुच्छर बरामद गरेको हो। पक्राउ पर्नेमा झापा विर्तामोड नगरपालिका वडा नम्बरं. ५ सनिश्चरे बस्ने वर्ष २९ का खगेन्द्र पुरी, वर्ष ३२ का आशिष जोगी, वर्ष २६ का सौरब राजवंशी रहेका प्रहरी उपरीक्षक धर्मराज भन्डारीले बताए। घटनाबारे थप अनुसन्धान भईरहेको उनले बताए।  

ब्राउनसुगरसहित २ जना पक्राउ  

कपिलवस्तु नगरपालिका वडा नम्बर १ आन्दोलन चोकबाट ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन्। लु २५ प २०६४ नं.को स्कुटीमा सवार भएका २ युवाहरुबाट २ ग्राम ८८० मिलिग्राम ब्राउनसुगर बरामद गरिएको हो।  

रुपन्देही सैनामैना नगरपालिका वडा नंम्बर १० बस्ने वर्ष ३९ का जिवन गुरुङ र बिजय सुनार कालो प्लाष्टिकको पोकामा ब्राउनसुगर राखिएको अवस्थामा पक्राउ परेका प्रहरी नायव उपरीक्षक धर्मराज भन्डारीले बताए। दुबै जनासंग सोधपुछ र अनुसन्धान भईरहेको उनले बताए।

प्रकाशित: २९ श्रावण २०७८ ०९:३० शुक्रबार

दुर्लभ रेडपाण्डा छाला