समाज

कजवेमा आएको बाढीले बगाउँदा एक जना बेपत्ता

कपिलवस्तुको वाणगंगा नगरपालिका ९ मा पर्ने कोईली खोला अन्र्गत कपिलधाम र चौवा जोड्ने पहिलो कजवेमा आएको बाढीले एक जनालाई बगाएको छ। बिहीबार दिउसो अर्घाखाँचीबाट कपिलवस्तु वाणगंगा आउनेक्रममा कजवेमा आएको बाढीले बुटवल उप महानगरपालिका वडा नम्बर १२ नया गाउका ४२ वर्षीय पशुपति पौडेल बेपत्ता भएका हुन। अर्घाखाँची धारापानीमा रहेको पुख्र्यौली घरबाट लु २ च ५९०० नम्बरको गाडीबाट उनी आफ्नो घरतर्फ आउदै थिए।  

गाडीबाट ओर्लेर कजवेमा कति पानी छ भन्ने हेर्न जानेक्रममा त्यहीबाट बेपत्ता भएको ईलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक दिनेश गुरुङले बताए। पौडेल सँगै उनका बुबा आमा र एक भान्जी सहित अन्य दुई जना समेत गाडीमा सवार थिए। बेपत्ता पौडेलको ३ वटा टोलीले खोजी कार्य जारी राखे पनि शुक्रवार दिउसो सम्म फेला नपरेको प्रहरी निरीक्षक गुरुङले बताए।  

नेपाली सेनाको टोलीले समते खोजी कार्य गरे पनि निरन्तर वर्षाका कारण समस्या आएको छ। यस अघिपनि उक्त कजवेमा आएको बाढीले मोटरसाइकल बगाएको थियो। भने गतवर्षपनि कजवेमा आएको बाढीका कारण ठूलो जनधनको क्षती भएको थियो। भलवाड जोड्ने उक्त सडकमा पुल बन्न नसक्दा हरेकवर्ष स्थानीयले सास्ती खेप्नुपरेको स्थानीय गुनसो गर्छन। स्थानीय जोखिम मोलेरै यात्रा गर्न बाध्य छन्। 

प्रकाशित: २९ श्रावण २०७८ ०९:०४ शुक्रबार

बाढीले बगाउँदा एक जना बेपत्ता