समाज

भक्तपुरको नवदुर्गा द्योछेंमा भित्र्याइयो खँम्ये

भक्तपुरको प्रसिद्ध नवदुर्गा द्योछें (देवता घर)मा बिहीबार खँम्ये (निखर कालो राँगो) भित्र्याइएको छ। भक्तपुर नगरपालिका वडा नं ९ को कमलविनायक गछेंस्थित द्योछेंमा प्रत्येक वर्ष जस्तै यसवर्ष पनि दशंैमा बध गर्नका लागि खँम्ये भित्र्याइएको हो। 

सो राँंगोलाई महिषासुरको प्रतीक मानिन्छ। सो राँगोलाई विजया दशमीको नवमीको राति बध गर्ने गरिन्छ। खँम्ये भित्र्याइएको यो मन्दिरमा प्रत्येक वर्ष विजया दशमीको दिन राष्ट्र प्रमुख दर्शनका लागि आउने चलन छ।  राँगो नवमीसम्म द्योछेंमै पालेर राखिने चलन छ। राँंगोलाई प्रत्येक वर्ष घण्टाकर्ण चतुर्दशीदेखि नागपञ्चमीको बीचको समयमा भित्र्याइन्छ।  

यो पटक  भक्तपुर सूर्यविनायकका लक्ष्मण छुँजूले राँंगो चढाएका हुन्। उनले एक लाख २५ हजार रुपैयाँं त्यसका लागि तिरिदिएका छन्। यसअघि नवमीमा द्योछेँबाट राँंगोलाई दौडाई जात्रा गरिन्छ। नगर परिक्रमापछि नगरको पूर्वस्थित ब्रम्हायणीमा लगेर राति राँगोको वध गरिन्छ । यसलाई स्थानीय नेपालभाषामा ‘खँम्ये जात्रा’ भनिन्छ।

प्रकाशित: २८ श्रावण २०७८ १५:०४ बिहीबार

नवदुर्गा राँगो