समाज

वृक्षारोपण गरि मनाइयाे अन्तर्राष्ट्रिय युवा दिवस

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा धनकुटामा वृक्षारोपण गरीएको छ।

युवा समिति धनकुटाको आयोजनामा जिल्लाको पर्यटकीय स्थल तथा चुलिबनमा विभिन्न प्रजातिका फलफूलका बिरुवा रोपेर दिवस मनाइएको हाे।  

धनकुटा नगरपालिका वडा नं ७ का वडा अध्यक्ष जगबहादुर राईको अध्यक्षता र प्रदेश संसाद निरन राईको प्रमुख आतिथ्यमा एक सयभन्दा बढी विभिन्न प्रजातिका फलफूलका बिरुवाहरु लगाएर दिवस मनाइएको युवा समिति धनकुटाले जनाएको छ।  

कार्यक्रममा प्रदेश युवा सन्जालका सचिव युवा तिम्सिना, विद्यार्थी संगठनका नेता निरन राईलगायत युवा समितिका युवाहरुको उपस्थिति रहेको थियो।

प्रकाशित: २८ श्रावण २०७८ १२:३६ बिहीबार

अन्तर्राष्ट्रिय युवा दिवस वृक्षारोपण