समाज

पौडी खेल्ने क्रममा एकको मृत्यु

नारायणी नदीमा पौडी खेल्ने क्रममा आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा भरतपुर महानगरपालिका–१० का २७ वर्षीय रञ्जन आचार्य रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

नदीमा डुबेर स्वास्थ्य अवस्था गम्भीर भएका उनको उपचारका क्रममा पुरानो मेडिकल कलेजमा आज साँझ ४ः१५ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: २३ श्रावण २०७८ १४:०६ शनिबार

नारायणी नदी