समाज

घरमा भरुवा बन्दुक राखेको कसुरमा एक जना पक्राउ

खोटाङमा घरमा भरुवा बन्दुक राख्ने स्थानीयलाई प्रहरीले पक्राउ गरेको छ। घरमा भरुवा बन्दुक लुकाईछिपाई राखेको सूचनाका आधारमा प्रहरीले ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्क झुलेका ५४ वर्षीय निम साङ्गे तामाङलाई बुधबार पक्राउ गरेको हो।  

तामाङको घर खानतलासी गर्दा घरभित्र लुकाइ छिपाइरहेको अवस्थामा १ नाल भरुवा बन्दुक, बन्दुकमा प्रयोग हुने २५० ग्राम बारुद, बारुद बनाउने २५० ग्राम सोडा, २८ थान सिसाको छर्रा, ढुंगाको ३४ थान छर्रा, कराईको ४० थान टुक्रा, एक बट्टा सलाई र छर्रा बनाउन प्रयोग गरिने व्याट्री सिसा ३ थानफेला परेको प्रहरीले जनाएको छ।  

तामाङलाई ईलाका प्रहरी कार्यालय ऐसेलुखर्कबाट प्रहरी निरिक्षकको कमाण्डमा खटिएका प्रहरीको टोलीले भरुवा बन्दुक सहित नियन्त्रणमा लिएको हो। पक्राउ परेका तामाङ विरुद्ध बिहिबार हातहरियार खरखजना कसुरमा जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिएर हिरासतमा राखेर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी एवं प्रहरी निरिक्षक सागर शाहले जानकारी दिए। 

प्रकाशित: २२ श्रावण २०७८ ०८:१२ शुक्रबार

घरमा भरुवा बन्दुक एक जना पक्राउ