डिभिजन वन कार्यालय रसुवाले एक वर्षमा १ लाख ४१ हजार वटा विरुवा रोपेको छ। कार्यालयले आफ्नो कार्यक्षेत्रभित्र रहेका विभिन्न स्थानमा लौठसल्ला, कागती, सतुवा र टिमुरको विरुवा रोपेको हो।
आर्थिक वर्ष २०७७/७८ मा ५४ हजार ६ सय १९ टिमुर, ६३ हजार ८ सय ९० वटा लौठसल्ला र २२ हजार ५ सय सतुवाको विरुवा गरी १ लाख ४१ हजार ९ वटा रोपिएको कार्यालयले जनाएको छ।
राष्ट्रिय वन संरक्षण तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत जिल्लाको उत्तरगया, गोसाइँकुण्ड र आमाछोदिङ्मो गाउँपालिकाको विभिन्न क्षेत्रमा वृक्षारोपण गरिएको कार्यालयका सूचना अधिकारी बद्रिप्रसाद ढुंगानाले बताए।
कार्यालयले हरेक वर्ष वृक्षारोपणको कार्यक्रम सञ्चालन गर्दै आएको छ। कार्यालयले विरुवा उत्पादन गरेर समिति, समूह तथा व्यक्तिलाई वितरण गर्ने गरेको छ।
प्रकाशित: १९ श्रावण २०७८ १३:५७ मंगलबार