समाज

पौडी खेल्दा डुबेर एक युवतीको मृत्यु

बागलुङमा पौडी खेल्ने क्रममा खोलामा डुबेर एक युवतीको मृत्यु भएको छ। 

मंगलबार दिउँसो ४ बजेर ३५ मिनेट जादाँ समयमा जिल्लाको काठेखोला गाउँपालिका-७ रेश बस्ने देवराज कार्कीको छोरी २० वर्षीया मनकुमारी कार्की घाँस काटेर फर्किने क्रममा खोलामा पौडी खेल्दा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकबाल हवारीले बताए।  

घरदेखि तल घाँस काट्न गएकी उनी घाँस काटेर फर्किदा बहिनीसंगै ढाँवाखोलामा पौडी खेल्ने क्रममा डुबेर उनको मृत्यु भएको प्रहरीले बताएको छ। 

उक्त घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको नेतृत्वमा ५ जनाको टोली घटना स्थलमा पुगेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय जनाएको छ। 

प्रकाशित: १९ श्रावण २०७८ १२:०७ मंगलबार

पौडी खेल्दा डुबेर युवतीको मृत्यु