समाज

कालीगण्डकीमा हाम फालेर बागलुङकी एक महिला बेपत्ता

कालीगण्डकी नदीमा हाम फालेर एक महिला वेपत्ता भएकी छिन्। बागलुङ नगरपालिका—९ तित्याङकी मानसिक समस्याको औषधी सेवन गर्दै आएकी ५० वर्षीया टिका थापा कालिगण्डकीमा हाम फालेर वेपत्ता भएको प्रहरीले जनाएको छ ।

बागलुङ नगरपालिका-१ निरयघाटबाट कालीगण्डकीमा हाम फालेको भन्ने उनकी छोरी सर्मिला थापाले दिएको अपुष्ट जानकारीको आधारमा प्रहरी टोली खटिंदा निजले लगाउने गरेको एक जोर चप्पल किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी इकवाल हवारीले जानकारी दिए। सोमबार साँझ ५ बजे हाम फालेकी भनिएको थापाको बारेमा भने केही पत्ता लाग्न नसकेको प्रहरीले जनाएको छ।  

प्रकाशित: १९ श्रावण २०७८ ११:२९ मंगलबार

कालीगण्डकीमा हाम फालेर महिला बेपत्ता