समाज

कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु

कोरोना सङ्क्रमणबाट ओखलढुङ्गामा थप दुई पुरुषको मृत्यु भएको छ। सिद्धिचरण नगरपालिका वडा नं १२ का ६९ वर्षीय र वडा नं ११ का ७० वर्षीय पुरुषको कोरोना सङ्क्रमणबाट मृत्यु भएको हो।

वडा नं ११ का पुरुषको गएराति  उपचारका क्रममा ओखलढुङ्गा सामुदायिक अस्पतालमा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख सुमन तिवारीले जानकारी दिए। कोरोना सङ्क्रमण देखिएपछि यही साउन ९ गते उनलाई अस्पताल भर्ना गरिएको थियो।  

यस्तै वडा नं १२ का एक पुरुषको आज बिहान मृत्यु भएको छ। उनी यही साउन १४ गते कोरोना सङ्क्रमित भएर अस्पतालमा भर्ना भएका थिए। उनको अस्पतालमा उपचाररत रहँदा नै मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको छ। यहाँ कोरोना सङ्क्रमण भएर मृत्यु हुनेको सङ्ख्या ११ पुगेको छ। रासस

प्रकाशित: १७ श्रावण २०७८ ०८:१९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App