समाज

सवारी दुर्घटनामा परी एकको मृत्यु

मोरङको सन्दरहरैँचा नगरपालिका–१० स्थित विराट चोकमा शुक्रबार दिउँसो भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।  

पूर्व–पश्चिम लोकमार्गअन्तर्गत विराट चोक हुँदै पूर्वतर्फ जाँदै गरेको को २ प ९५१६ नम्बरको मोटरसाइकल र प्रदेश १–०२–००१ ख ८६५४ नम्बरको ट्रक एकआपसमा ठोकिँदा दिउँसो १ बजेतिर दुर्घटना भएको मोरङ प्रहरीले जनाएको छ। दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक सुन्दरहरैँचा–१२ का ७२ वर्षीय दामोदर भट्टराईको उपचारका क्रममा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए।  

घाइते भएका भट्टराईको उपचारका क्रममा विराटनगरस्थित कोसी अस्पतालमा शुक्रबार नै मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटना भएका दुवै सवारीका चालकसँग चालक अनुमतिपत्र नभएको तथा ट्रक र चालक तेह्रथुम घर भएका ३२ वर्षीय दालाक्पा शेर्पालाई नियन्त्रणमा लिइ अनुसन्धान थालेको प्रहरीले जनाएको छ।

प्रकाशित: १६ श्रावण २०७८ ११:१७ शनिबार

मोटरसाइकल चालक