समाज

कर्णाली नदीमा जिप खस्दा दुई बेपत्ता

कैलालीको कर्णाली नदीमा जिप खस्दा दुई जना बेपत्ता भएका छन् भने तीन जना बालबालिका घाइते भएका छन्। मोहन्याल गाउँपालिका–७, बाँकास्थित चिसापानीदेखि सोल्टा जाने सडक खण्डमा गाडी व्याक गर्ने  क्रममा  शुक्रबार दिउँसो साढे १२ बजेतिर सडकबाट कर्णाली नदीमा गाडी खसेको हो।  

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पाँच जना सवार गाडी नदीमा खसेको थियो। डोटीको आदर्श गाउँपालिकामा व्यवसाय गर्दै आएका चन्द्रप्रकाश जोशी, उनकी पत्नी रुपी जोशी, छोरी लक्ष्मी, सावित्री र छोरा भुवन सवार थिए। ब्याक गर्ने क्रममा गाडी सडकदेखि ३ सय मिटर तल कर्णाली नदीमा खसेको थियो। 

गाडी नदीमा खस्दा चन्द्रप्रकाश र रुपी बेपत्ता भएका छन् भने बालकालिकाहरु सडक किनारमा घाइते अवस्थामा फेला परेका थिए। घाइते तीनै जना बालबालिकालाई उपचारका लागि कोहलपुर लगिएको छ।

प्रकाशित: १५ श्रावण २०७८ १३:२४ शुक्रबार

कर्णाली नदी दुई बेपत्ता