समाज

प्रदेश १ मा १ हजार १४४ कोरोना संक्रमित थपिए, १० जनाको मृत्यु

प्रदेश १ मा पछिल्लो २४ घण्टामा १ हजार १ सय ४४ जनामा कोरोना संक्रमण देखिएको छ। १ हजार ९ सय ६७ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ८० र १ हजार ६सय ६६ जनाको एन्टिजेन परीक्षण गर्दा ५ सय ६४ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १ सइ ९१, सुनसरीमा १ सइ ८७, झापामा १ सइ ५७, इलाम र धनकुटामा १६–१६, उदयपुरमा ४, खोटाङ र संखुवासभामा २–२, ताप्लेजुङ र तेर्‍हथुममा १–१ र प्रदेश  १ बाहिरका ३ जनामा संक्रमण देखिएको छ। मोरङको बेलबारीमा ६३, विराटनगरमा ५५, पथरीशनिश्चरेमा ३०, सुन्दरहरैचामा १३, उर्लाबारीमा १०, बुढीगंगामा ५, ग्रामथानमा ४, केराबारी, धनपालथान, लेटाङ, कानेपोखरीमा २–२, कटहरी, रतुवामाई र मिक्लाजुङमा १–१ जनामा संक्रमण देखिएको छ। सुनसरीको धरानमा १ सय २६, इटहरीमा ३९, इनरुवा र बराहक्षेत्रमा ७–७, कोशीगाउँपालिका, रामधुनी, दुहवी र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण देखिएको छ।  

झापाको विर्तामोडमा ३८, दमकमा २३, भद्रपुरमा २०, अर्जुनधारामा १७, कनकाईमा १६, मेचीनगरमा १४, शिवसताक्षीमा १०, कमल गाउँपालिका र बुद्धशान्तिमा ६–६, गौरादह र हल्दिबारीमा २–२, झापा गाउँपालिका, बार्‍हदशी र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। इलामको इलाम नगरपालिकामा ६, चुलाचुलीमा ४, रोङ र सुर्योदयमा २–२, माई र देउमाईमा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ८, साँघुरीगढीमा ४, पाख्रिवास र चौवीसेमा १–१ र स्थानीय तह नखुलेका २ जनामा संक्रमण देखिएको छ। उदयपुरको त्रियुगा र स्थानीय तह नखुलेका २–२, खोटाङको खोटेहाङ र स्थानीय तह नखुलेका १–१, संखुवासभाको धर्मदेवी र स्थानीय तह नखुलेका १–१, ताप्लेजुङ  र तेर्‍हथुममा १–१ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा  शुक्रबार ३ सय ९७ जना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा २ सय २८ महिला र १ सय ६९ जना पुरुष रहेका छन्। पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ७ महिला र ३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ।

प्रकाशित: १५ श्रावण २०७८ १२:३८ शुक्रबार

प्रदेश १ कोरोना संक्रमित