समाज

श्रेष्ठ ‘कोभिड हिरो’ बाट सम्मानित

कोरोना भाईरस (कोभिड–१९)महामारीमा जोखिम मोलेर आफ्नो जिम्मेवारी निर्वाह गरे वापत कोभिड फोकल पर्सन नरेश श्रेष्ठ ‘कोभिड हिरो’ घोषित भएका छन्। अकाउन्टिबिलिटी ल्याब नेपालले ‘कोभिड हिरो’ घोषणासहित कदर पत्रसहित श्रेष्ठलाई सम्मान गरेको हो।  

जनस्वास्थ्य अधिकृत पदमा कार्यरत श्रेष्ठलाई सरकारले कोरोना महामारीको पहिलो लहर सुरु भएलगत्तै कोभिड फोकल पर्सनको जिम्मेवारी दिएको थियो। पहिलो लहरमा बाँकेमा रहेर काम गरेका उनलाई कार्य क्षमताका आधारमा सरकारले केही समयका लागि बर्दिया पठाएको थियो।  

महामारीको दोस्रो लहर सुरु भएपछि नेपालगन्जका अस्पतालहरुमा संक्रमितको उपचारका लागि सम्पुर्ण  व्यवस्थापन  हेर्ने जिम्मेवारी सहित श्रेष्ठ पुनः बाँकेमा कोभिड फोकल पर्सनका रुपमा कार्यरत रहदै आएका छन्। कोभिड हिरो घोषणा पहिल्यै गरे पनि संस्थाबाट प्रमाणपत्र हालै प्राप्त गरेको उनले बताए। कोभिड हिरो घोषित भएपछि आफूलाई काम गर्ने थप हौसला मिलेको श्रेष्ठ बताउँछन्। ‘मलाई काम गर्ने जिम्मेवारी थप बढेको छ,’ उनले भने। श्रेष्ठले यसअघि राष्ट्रपति विद्यादेवी भण्डारीबाट पनि ‘प्रवल जनसेवाश्री चतुर्थ’ बाट विभूषित भएका थिए।  

प्रकाशित: १५ श्रावण २०७८ ०६:५१ शुक्रबार

कोभिड हिरो नरेश श्रेष्ठ