समाज

गोरखा जिल्ला अदालतमा दिनहुँ सम्बन्ध बिच्छेदका मुद्धा

गोरखा जिल्ला अदालत।

गोरखा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्धा दिनहुँ दर्ता हुने गरेको छ। निषेधाज्ञाको समयमा पनि २०७७ असारदेखि २०७८ असार सम्म तीन सय ५१ वटा सम्बन्ध बिच्छेदको मुद्धा दर्ता भएको जिल्ला न्यायाधिश दिनबन्धु बरालले बताए।  

‘अन्य भन्दा सम्बन्ध बिच्छेदको मुद्धा गोरखामा धेरै आउँछ, दुई सय ५१ वटा सम्बन्ध बिच्छेदका मुद्धा गत आर्थिक वर्षमा फस्र्योट गरिसक्यौँ’ उनले भने ‘बाँकी ९९ वटा बाँकी छ।’ गत वर्ष अदालतमा सात सय २८ थान मुद्धा दर्ता भएको छ। ‘झण्डै आधा मुद्धा सम्बन्ध बिच्छेदको छ’ न्यायाधिश बरालले भने ‘धेरै समय सम्बन्ध बिच्छेदको मुद्धामा खर्च भएको छ।’

पारिवारिक बेमेल, एकअर्कामा शंकाको दृष्टिकोणले सम्बन्ध बिच्छेद मुद्धा लिएर अदालत पुग्नेहरु अधिकांस २४ देखि ४५ वर्षका भित्रका छन्। ‘मुद्धा लिएर आउनेहरु हेर्दा यौनिक रुपमा परिपक्क उमेर हो, यो उमेरका मानिस धेरै बिदेश गएका हुन्छन्, परिवार एक आपसमा सँगै नहुँदा बेमेल सुरु हुन्छ’ उनले भने ‘सम्बन्ध बिच्छेदको एउटा मुख्य कारण यो पनि हो।’ बैदेशिक रोजगारीमा गएकाहरुको सम्बन्ध बिच्छेदको मुद्धा धेरै देखिएको छ। पुरुषले पनि सम्बन्ध बिच्छेदको मुद्धा दर्ता गर्न पाउने कानुनी प्रावधान पछि अहिले दर्ता हुने क्रम सुरु भएको छ।  

श्रीमानले हिंसा गरेको, खान लगाउन नदिएको जस्ता गुनासो लिएर महिलाहरु संम्बन्ध बिच्छेद गर्छन। ‘हामी मेलमिलापलाई पहिलो प्राथमिकता दिन्छौँ’ न्यायाधिश बरालले भने ‘तर जति सम्जाएपनि मान्दैनन।’ अधिकासं सम्बन्ध बिच्छेदमा लेनदेन हुने गर्छ। ‘दबाव सहन नचाहेर, बैदेशिक रोजगारीबाट सिर्जि पारिवारिक बेमेलका कारण सम्बन्धी बिच्छेद धेरै भएको छ’ अधिबक्ता स्थानेश्वर दुवाडीले भने। शारिरिक रुपमा यातना दिएर सम्बन्ध बिच्छेद भएको घटना भने खासै नभएको उनले बताए।  

२०७७ बाट जिम्मेवारी सरेर आएको तीन सय १३ र २०७८ मा  दर्ता भएको चार सय १५ मुद्धा मध्ये चार सय २३ वटा जिल्ला अदालतले फस्र्यौट गरिसकेको छ। तीन सय पाँच थान मुद्धा २०७८/७९ का लागि जिम्मेवारी सरेको छ। ‘५८ दशमलव दुई प्रतिशत मुद्धा फस्र्यौट भएको छ’ उनले भने ‘कोभिडको बेला पनि यो प्रगती राम्रो हो’ जिल्ला न्यायाधिश बरालले भने। निषेधाज्ञाको समयमा पनि बालवालिका र थुनुवा संम्बन्धी मुद्धा अदालतले फस्र्यौट गरेकाले प्रगती बढेको उनले बताए।  

गोरखामा सम्बन्ध बिच्छेदपछि धेरै मुद्धा जवरजस्ती करणी र बलात्कार प्रयासका घटनका छन्। ‘बालिका बलात्कारको मुद्धा पनि यहाँ धेरै छ’ न्यायाधिश बरालले भने। अदालतमा २६ थान मुद्धा मुलतवीमा छन्। ती मध्य छ थान जगाउने तयारीमा रहेको उनले बताए। आर्थिक अवस्था कमजोर भएका, असाहाय र अनाथ ब्यक्तिलाई सहयोग गर्न अदालतमा बैतनिक वकिल राखिएको हुन्छ। जिल्ला अदालतले बैतनिक वलिक मार्फत दुई सय ६६ जनालाई निशुल्क सेवा दिएको जनाएको छ।

प्रकाशित: १३ श्रावण २०७८ १२:३६ बुधबार

गोरखा जिल्ला अदालतमा सम्बन्ध बिच्छेदका मुद्धा