समाज

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थपियो

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको आज बसेको बैठकले १० दिन निषेधाज्ञा थप गरेको हो।

हाल जारी निषेधाज्ञा आइतबारबाट सकिएपछि अहिलेकै अवस्थामा रहेर १० दिन थपिएको हो। यसअघि लागू गरिएका निषेधाज्ञाका नियमहरुमा कुनै फेरबदल भने भएको छैन।

प्रकाशित: १० श्रावण २०७८ ११:०१ आइतबार

काठमाडौं उपत्यका निषेधाज्ञा