समाज

मेलौलीमा महिलाको शव भेटियो

बैतडीको मेलौली नगरपालिका–७ ल्वाथलीमा एक महिलाको शव फेला परेको छ। करिब ३६ वर्षीया महिलाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ। 

बाटो भन्दा २ सय मिटर तल बेवारिसे अवस्थामा शव फेला परेकोप्रहरीले जनाएको छ। ईलाका प्रहरी कार्यालय तस्वदेहीको टोली घटनास्थलमा पुगिसकेको र जिल्ला प्रहरी कार्यालय बैतडीबाट पनि प्रहरीको टोली गइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवम् सुचना अधिकारी दर्शन खड्काले जानकारी दिए।  

शव कस्को हो र के कति कारणले मृत्यु भएको सोको बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: ८ श्रावण २०७८ ०५:४४ शुक्रबार

महिलाको शव भेटियो मेलौलीमा