समाज

भाेलि सार्वजनिक बिदा

सरकारले बकर इदको अवसरमा भाेलि (बुधबार) सार्वजनिक बिदा दिएको छ। गृह मन्त्रालयले आज एक सूचना जारी गरी इस्लाम धर्मावलम्बीले मनाउने बकर इद (इद–उल–अजहा) को अवसरमा साउन ६ गते बुधबार मुलुकभर लागू हुने गरी सरकारले सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ।  

मन्त्रिपरिषद्को यही साउन ४ गतेको निर्णयानुसार बिदा दिइएको मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ५ श्रावण २०७८ १४:३५ मंगलबार

सार्वजनिक बिदा