समाज

अर्घाखाँची जिल्ला अदालत प्रदेशकै उत्कृष्ट

अर्घाखाँची जिल्ला अदालत मुद्दा फर्छ्यौट गर्नेमा लुम्बिनी प्रदेशकै पहिलो भएको छ। आर्थिक वर्ष २०७७/०७८ मा लुम्बिनी प्रदेशका सबै अदालतहरुमध्ये सबैभन्दा धेरै मुद्दा फर्छ्यौट गरि उत्कृष्ट बन्न सफल भएको हो।

कुल मुद्दाको ७०.९३ प्रतिशत मुद्दा फर्छ्यौट गरेको अदालत प्रदेशमै सबैभन्दा धेरै प्रतिशत मुद्दा फर्छ्यौट गर्ने जिल्ला बनेको हो। आर्थिक वर्ष २०७६/०७७ मा बाँकी रहेका १ सय ४९ थान र गत आर्थिक वर्ष २०७७/०७८ का २ सय ८० थान गरी ४ सय ३० थान मुद्दा रहेकोमा यस आर्थिक वर्षभित्र ३ सय ५ थान मुद्दा फर्छ्यौट भएको अदालतका श्रेस्तेदार महेश खनाले जानकारी दिए।  

अर्घाखाँची पछी सबैभन्दा बढी प्युठान जिल्ला अदालतले ७०.३२ प्रतिशत र त्यसपछि उच्च अदालत तुलसीपुरले ६६.४१ प्रतिशत मुद्दा फर्छ्यौट गरेको छ। अर्घाखाँची जिल्ला अदालतमा अब १ सय २५ थान मुद्दा मात्र बाँकी रहेका छन्। अदालतले गत आर्थिक वर्षमा ३ सय मुद्दा फैसला गर्ने लक्ष्य राखेकोमा ३०५ थान अर्थात लक्ष्यको तुलनामा १०१.६६ प्रतिशत मुद्दा फछ्यौट गरेको जनाएको छ।

प्रकाशित: ४ श्रावण २०७८ १४:४८ सोमबार

जिल्ला अदालत प्रदेशकै उत्कृष्ट