समाज

थप २ हजार ४४५ जनामा संक्रमण, ३२ को मृत्यु

पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८३३ जनामा गरिएको पीसीआर परीक्षणमा १ हजार ६४२ जना र ३ हजार ८३१ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८०३ जना गरी २ हजार ४४५ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, २४ घन्टामा ३२ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै कोरोनाबाट ९ हजार ५८२ पुगेको छ।

यसैगरि, २४ घन्टामा १२ सय ५८ जना कोरोना संक्रमणमुक्त भएका छन्।

प्रकाशित: ४ श्रावण २०७८ ११:२४ सोमबार

कोरोना भाइरस संक्रमण