समाज

ब्राउनसुगरसहित चारजना पक्राउ

उदयपुर प्रहरीले लागूऔषध ब्राउनसुगरसहित चार जनालाई नियन्त्रणमा लिएको छ। जिल्लाको बेलका नगरपालिका ९ रामपुर बजारबाट शनिबार राति इलाका प्रहरी कार्यालय रामपुरले उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ।  

लागूऔषध कारोबार भईरहेको भन्ने विशेष सूचनाका आधारमा खटेको टोलीले राति १०ः०० बजेको समयमा बेलका ९ का ३६ वर्षीय दिनेश खड्का, बेलका २ का ३७ वर्षीय विनोद परियार, बेलका ७ का २८ वर्षीय मेजर राई र सोही ठाउँका २९ वर्षीय बोगटी भन्ने जीवन राईलाई रंगेहात पक्राउ गरेको हो।  

प्रहरीले उनीहरुको साथबाट ७६ ग्राम ब्राउनसुगर बरामद गरेको जनाएको छ। पक्राउ चारैजनालाई थुनामा राखेर थप अनुसन्धान सुरु भएको इप्रकालाई उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ।

प्रकाशित: ३ श्रावण २०७८ १५:१२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App