समाज

बर्दियामा बाघको आक्रमणबाट एकको मृत्यु

बाघको आक्रमणबाट एकको मृत्यु भएको छ। ठाकुरबाबानगरपालिका–६ मोतिपुर बस्ने ७० वर्षीय गोरे थापाको मृत्यु भएको हो। शनिबार थापा शिवपुरफाँटा सामुदायिक वनमा भैंसी गोठालो गएका थिए। 

थापा घर नफर्केपछि खोजतलास सुरु गरिएको हो। अस्थाई प्रहरी पोष्ट बकुवाबाट प्रहरी टोली, राष्ट्रिय निकुञ्जबाट ८ जना ३ वटा हात्ती सहितको टोली  र स्थानीय खोजतलासमा खटिएका थिए। 

खोजतलास गर्ने क्रममाआईतबार बिहान ८ बजे शव फेला परेको हो। ओरहीपुल देखि ५ सय मिटर तलखोलाबाँधनजिकशव फेला परेको हो। गर्दनको मासु खाएको शव छेदविच्छेद अवस्थामा भेटिएको प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताए।

प्रकाशित: ३ श्रावण २०७८ ०८:३० आइतबार

बाघको आक्रमणबाट एकको मृत्यु