समाज

प्रदेश १ मा थपिए ३ सय ८२ कोरोना संक्रमित

प्रदेश १ मा सोमबार  ३ सय ८२ जना कोरोना संक्रमित थपिएका छन्। ९ सय ९१ जनाको पिसिआर परीक्षण गर्दा ३ सय ८२ जनामा संक्रमण देखिएको हो।  

 झापामा १ सय ३६, मोरङमा १ सय १९, सुनसरीमा १ सय १, धनकुटामा १०, इलाम र तेर्‍हथुममा ३–३, पाँचथर, भोजपुर र उदयपुरमा २–२, संखुवासभामा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ। झापाको भद्रपुरमा ४९, मेचीनगरमा ३३, दमकमा २१, विर्तामोडमा १८, अर्जुनधारा र हल्दिबारीमा ३–३, बुद्धशान्ति र कमल गाउँपालिकामा २–२, गौरादह, बार्‍हदशी, कनकाई , झापा गाउँपालिकामा र स्थानीय तह नखुलेका १–१ जनामा कोरोना संक्रमण देखिएको छ।  

 मोरङको विराटनगरमा ५२, बेलबारीमा ३३, पथरीशनिश्चरेमा १७, सुन्दरहरैचामा ९, बुढीगंगा, लेटाङ र उर्लाबारीमा २–२, ग्रामथान र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ।  सुनसरीको धरानमा ५२, इटहरीमा ४३, दुहवीमा ५ र इनरुवामा १, धनकुटाको धनकुटा नगरपालिकामा ५, पाख्रिवासमा २, साँघुरीगढी, छथर र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको छ। इलामको इलाम नगरपालिका, देउमाई र स्थानीय तह नखुलेका १–१, तेर्‍हथुमको  म्याङलुङमा १ र स्थानीय  तह नखुलेका २,  पाँचथरमा २, भोजपुरको भोजपुर नगरपालिकामा २, उदयपुरको उदयपुरगढीमा २, संखुवासभाको खाँदबारीमा १ र प्रदेश १ बाहिरका ३ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७५ हजार ७ सय ९२ पुगेको छ। सक्रिय संक्रमितको संख्या ५ हजार ४ सय १ छ। सोमबार २ सय २७ जना संक्रमणमुक्त भएका छन्। हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६८ हजार ९ सय ५४ पुगेको छ।

प्रकाशित: २८ असार २०७८ १२:३१ सोमबार

कोरोना संक्रमित