समाज

अविरल वर्षासँंगै भक्तपुरमा त्रास

अविरल वर्षासँंगै भक्तपुरको हनुमन्ते खोला किनाराबासीहरु त्रसित हुन थालेका छन्। प्रत्येक वर्ष बाढीको पीडा भोगेका उनीहरु यस वर्ष पनि यही अवस्था आउने हो कि भन्ने चिन्तामा पर्न थालेका छन्।  

पछिल्ला वर्षहरुमा बाढीले जिल्लाका चारवटै नगरबासीहरु प्रभावित हुँंदै आएका थिए। भक्तपुर, मध्यपुर थिमि, सूर्यविनायक र चाँंगुनारायण गरी सबैतिर प्रभावित हुँंदै आएका थिए। बाढीका कारण मृत्यसमेत भएको थियो। साथै दर्जनौं घरमा क्षति पुगेको थियो, विगतमा वर्षहरुमा। सयौं घर डुवानमा परेका थिए।

हनुमन्ते खोलामा आउने बाढीले अरनिको राजमार्गअन्तर्गत भक्तपुरको राधेराधेदेखि मध्यपुर थिमि चोकसम्मको आधा किलोमिटर राजमार्ग खण्डमा सवारीसाधन नै अवरुद्ध हुने गरी पानी सयौं घर डुवानमा पर्ने गरेको थियो।  

बाढीसँंगै हनुमन्तेमा बाढी आउन थालेपछि त्यस छेउछाउका वस्तीबासी आत्तिन थालेका हुन्। विशेष गरेर विगतमा बढी क्षति पुगेका मध्यपुर थिमिको राधेराधे, भक्तपुरको लिवाली क्षेत्रबासी बढी चिन्तित देखिन थालेका हुन्। हनुमन्ते खोलामा आएको बाढीका कारण विशेष गरेर अरनिको राजमार्गअन्तर्गत भक्तपुरको राधेराधेदेखि मध्यपुर थिमि वसस्टपसम्मको आधा किलोमिटर क्षेत्र पूरै डुवान हुने गर्दै आएका छन् । त्यस वरपरको सम्पूर्ण क्षेत्र डुवानमा परी सयौं घर डुवानमा पर्दै आएका छन्।  

भक्तपुरको लिवासी निवासी विक्रम ढुकुछुले गत वर्ष पनि बाढीका कारण अन्यत्र सर्नुपरेको स्मरण गरे। अविरल वर्षा र वर्षासँंगै आएको बाढीले यसवर्ष पनि त्यही अविगत हुने डर भएको उनले सुनाए। विशेष गरेर रातको समयमा सुतेर बस्दा ठूलो बाढी आई घरभित्र पसिसक्ने र त्यसपछि घरभित्रै थुनिने चिन्ता उनले व्यक्त गरे।  

भक्तपुरको सबैभन्दा ठूलो खोला हनुमन्ते हो। यसबाहेक पनि यहाँं अन्य खोलाहरु छन्। प्रत्येक वर्षको बाढीले विशेष गरी हनुमन्ते आसपासलाई सताउने गरेको छ। हनुमन्ते खोलाका जगातीदेखि च्याम्हासिंहको वीचको थुसाचादेखि अरनिको राजमार्गअन्तर्गत सल्लाघारी मध्यपुर थिमि राधेरोधसम्मका बासीलाई बाढीले सबैभन्दा बढी सताउने गरेको छ।  

गएका वर्षहरुमा विशेष गरेर हनुमन्ते खोला आसपासकाका बस्तीहरु क्रमशः लिवाली, हनुमानघाट, आदर्श, सूर्यविनायक, बाराहीस्थान, सल्लाघारी, अरनिको राजमार्गअन्र्तगत राधेराधेलगायतका क्षेत्र डुवानमा पर्ने गर्दै आएका थिए। त्यस क्षेत्रभित्र परेका लिवाली वस्ती, आदर्शमा रहेको सिद्धिस्मृति महिला तथा वाल अस्पताल, बाराहीस्थानस्थित शान्ति निकेतन माध्यामिक विद्यालय, सल्लाघारस्थित डा. इवामुरा मेमोरियल हस्पितल डुवानमा पर्ने गर्दै आएका छन्।  

जिल्ला विपद् व्यवस्थापन समितिले विपतको घडी आइहालेमा त्यसका लागि आवश्यक सम्पूर्ण तयारी पूरा गरिसकेको जनाएको छ। सम्भावित जोखिम स्थलहरुको अवलोकन गरी डुंगा, जाली, बोरा, ढुंगा तथा समस्या आइपरे बसोबासका लागि पाललगायतको सबै तयारी अवस्थामा राखिसकेको जानकारी गराइएको छ। साथै उद्धारका लागि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी बल नेपाल समेतको संयुक्त टोली बाढी तथा डुवानमा फसेकाका उद्धारका लागि तयारी हालतमा राखेको जानकारी गराइएको छ। 

प्रकाशित: २६ असार २०७८ १२:१५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App