समाज

कुटपिटबाट मृत्यु

सप्तरीको खडक नगरपालिका-९ लालपट्टी टोलमा दुई समूहबीच कुटपिटबाट घाइते भएका एक जनाको उपचारका क्रममा मृत्यु भएको छ।

सोही ठाउँ बस्ने ५८ वर्षीय मोहम्म दाउद मियाँलााई कुटपिट गरी घाइते बनाएका थिए। मियाँको उपचारका क्रममा राजविराजस्थित छिन्नमस्ता अस्तालमा शुक्रबार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी माधबप्रसाद काफ्लेले जानकारी दिएका छन्।

वैदेशिक रोजगारीमा पठाएकामा काम राम्रो नभएकाले मियाँलाई पैसा फिर्ता गर्नु पर्छ भनेका थिए। तर मियाँले पैसा फिर्ता नदिँदा विवाद उत्पन्न भएको थियो। पैसा दिन नमान्दा उनलाई कुटपिट गरी घाइते बनाएका थिए। कुटपिटमा संलग्नहरुको खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २५ असार २०७८ ०९:५२ शुक्रबार