समाज

घूससहित सब इन्जिनियर पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घूस रकमसहित एक सब इन्जिनियरलाई पक्राउ गरेको छ।

आयोगले सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेश अन्तर्गतको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङमा कार्यरत सव इन्जिनियर(करार) विनोद सापकोर्टाले सेवाग्राहीसँग घूस लिएको अवस्थामा पक्राउ गरेको जनाएको हो।

सव इन्जिनियर सापकोटाले खेलकुद मैदान निर्माण सम्पन्न गरी सो कार्यको लागि धरौटी राखेको रकम फिर्ता लिन जाँदा सेवाग्राहीसँग निर्माण सम्पन्न गरि दिए वापत २० हजार रुपैयाँ घूस लिएको आयोगका प्रवक्ता नारायणप्रसाद रिसालले बताए। उनलाई धादिङको थाक्रे गाउँपालिका वडा नं. २ स्थित हुलाक डाँडाबाट नियन्त्रणमा लिएको आयोगले जनाएको छ।

प्रकाशित: २३ असार २०७८ १४:५७ बुधबार

अख्तियार दुरुपयोग अनुसन्धान आयोग घूस रकम